प्रहरीसँगको झडपमा शिक्षकको टाउकोमा चोट

कैलाली - कञ्चनपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच भएको झडपमा घाइते वीरेन्द्रसिंह बोहरालाई प्राथमिक उपचार पछि थप उपचारको लागि धनगढी ल्याइएको छ । झडपमा टाउको तथा हातमा चोट लागेका बोहरालाई उपचारका लागि धनगढी पठाएको कञ्चनपुरका शिक्षक नवीन धामीले बताए ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले बिहानै भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि भएको झडपमा दर्जनौ घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डीएसपी सिद्धराज न्यौपानेले प्रहरी तर्फ नौ जना, नगर प्रहरी २ र ५ जना शिक्षक घाइते भएका बताए ।

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

प्रतिक्रिया