नेपाल आइडलका नयाँ जज तीन ‘स’ अर्थात् शम्भुजित, सुगम र सुवानी

काठमाडौं : नेपाल आइडलको चौथो संस्करण आयोजना हुने घोषणासँगै यो पटकको निर्णायक को होलान् भन्ने धेरैलाई कौतुहलता थियो । तर एपीवानले शुक्रबार चौथो सिजनका निर्णायक सार्वजनिक गरेको छ ।
नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको यो गायन प्रतियोगितामा यसअघिका सिजनमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले यो जिम्मेवारी निर्वाह गरेका थिए ।
प्रतियोगिताको पहिलो सिजनमा बुद्ध लामा विजेता भएका थिए भने दोस्रो सिजनमा रवि ओड र तेस्रो सिजनमा सज्जा चौलागाइँ विजेता बनेका थिए । चौथो सिजनमा एक जना होस्ट पनि परिवर्तन भएका छन् । दोस्रो सिजनबाट सुशील नेपाललाई प्रतिस्थापन गरेका आसिफ शाहले नयाँ संस्करणमा निरन्तरता दिनेछन् भने उनलाई महिला होस्टमा रेश्मा घिमिरेले साथ दिनेछिन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया