बढुवा भएलगत्तै शर्मा लुम्बिनीको प्रमुख सचिवमा नियुक्त

काठमाडौँ - सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको छ । यस्तै लुम्बिनीका निवर्तमान प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालययमा अतिरिक्तमा राखेको छ ।
रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम सिफारिस गरेको थियो । एक नम्बरमा बढुवाका लागि सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
सात महिनाअघि बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको थियो । बिहीबार बसेको मन्त्रिरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनीको प्रमुख सचिवमा नियुक्त गरेको हो । लुम्बिनीबाट तानिएका निवर्तमान प्रमुख सचिव सुवेदीलाई संघीय तहको मन्त्रालयमा पठाइने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया