वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान वर्षेनी किन घाटामा गइरहन्छ ?
अस्पताल सञ्चालनमा कठिनाई, तर एक करोड भाडा उठाइएन !

काठमाडौँ - प्रदेश-१ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आम्दानीभन्दा बढी खर्च गरेको पाइएको छ । आ.ब २०७६/०७७ मा २९ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ । कुल खर्चको १२ दशमलब १३ प्रतिशत रहेको छ । प्रतिष्ठानको आन्तरिक आम्दानीले अस्पताल प्रशासन सञ्चालनमा कठिन हुने भएको छ । आम्दानी वृद्धिमा र खर्चमा मितव्ययिता नअपनाएमा प्रतिष्ठान नोक्सानमा जाने महालेखा परीक्षणको ५८ औं प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनका अनुसार प्रतिष्ठानले ४८ करोड ५५ लाख बढी खर्च गरेको छ । तलब भत्तामा आर्थिक वर्ष २०७४/७५ मा ६८ दशमलब २३ प्रतिशत, ०७५/०७६ मा ६२ दशमलव ०८ प्रतिशत, ०७६/०७७ मा ७४ दशमलव ५८ प्रतिशत रकम खर्च गरेको छ ।
सम्झौताबमोजिम २४ व्यक्तिसँग र घरजग्गाको भाडा एक करोड ६ लाख रुपैयाँ नउठाएको पाइएको छ । यस आर्थिक वर्षमा ६५ लाख रुपैयाँ मात्र प्राप्त गरेको छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार प्रतिष्ठानले एक करोड ७१ लाख रुपैयाँ भाडा प्राप्त गर्नुपर्नेछ । प्रतिष्ठानको नियमावली, २०५५ को नियम १७.६ मा प्रतिष्ठानको स्वामित्त्वमा वा अधिनमा रहेको घर वा जग्गा भाडामा दिँदा प्रतिष्ठानले आफ्नो प्रयोजनका लागि भाडामा लिँदा समितिबाट तोकिएबमोजिम हुने व्यवस्था छ ।
प्रतिष्ठानको आन्तरिक स्रोत, केन्द्र र प्रदेश सरकारको अनुदानबाट २ अर्ब ७१ करोड ३८ लाख प्राप्त गरेको थियो । तर, प्रतिष्ठानले २ अर्ब ४२ करोड ३९ लाख खर्च गरेको छ । जसमध्ये २८ करोड ९९ लाख रुपैयाँ बचत गरेको छ ।

प्रत्यारोपणमा प्रयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

प्रतिक्रिया