बिहीबारबाट सुरु हुँदै किम्फको नयाँ संस्करण

काठमाडौ : काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौँ संस्करण बिहीबारदेखि सुरु हुने भएको छ । ५ दिन चल्ने फेस्टिभल बिहीबार सुरु भएर आइतबारसम्म चल्नेछ । कोभिड १९ द्धारा सृजित अहिलेको परिस्थितिलाई दृष्टिगत गरेर यस पटकको महोत्सव भने भर्चुअल हुने भएको छ ।
यस पटक १५ मुलुकका १८ वटा चलचित्रहरू प्रदर्शनका लागि छानिएका छन् । त्यसबाहेक नेपाल पानोरामा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू देखाइनेछन् । फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित भर्चुअल अन्तक्र्रिया हुनेछ र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय चलचित्रहरूमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रिडाकर्महरू समेटिएका छन् भने नेपाल पानोरामा फेरि एक पटक प्रतिभाशाली युवा नेपाली सिनेकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ ।
यस पटक किम्फको सन्देश तमसोमा ज्योतिर्गमय र अ्रग्रेजीमा अगेन्स्ट डिस्पेर टुवार्ड्स होप (बनबष्लकत मभकउबष्च, तयधबचमक जयउभ) भन्ने रहेको छ । अहिले कोरोनाको महाव्याधिले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येय यस नारामा प्रतिबिम्बित भएको छ । किम्फ २०२० को उद्घाटन विख्यात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्ग्स एन्ड अ मुस्टयाच’को प्रदर्शनबाट हुनेछ । यस चलचित्रको पूरै छायांकन नेपालमै भएको थियो । उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनेछन् ।
डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरु माझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ ।दिवंगत लेखक पिटर कार्थकको हिमाल किताबद्धारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवको अवसरमा गरिनेछ । यसैगरी कोभिड १९ र लकडाउनबारे बनाइएका विशेष डकुमेन्ट्रीहरूको प्रदर्शनपछि तिनबारे फिल्मका वास्तविक पात्र तथा कोभिड विशेषज्ञहरू माझ छलफल र विमर्श गरिनेछ ।
यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनौट गर्नेछ । अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_1lNKuV6T9I_hy1fvpzbsymtohtsby3fxg7zeqx8lt5uo5inywfpy8glqfnbitt4zukuhrdr.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया