बाग्मतीको बाढीले खेतीयोग्य जमीन कटान गरेपछि रोकथामको प्रयास

रौतहट : वाग्मती नदीमा आएको बाढीले तीव्र रुपमा खेतीयोग्य जग्गालाई कटान गर्न थालेपछी रोकथामका प्रयास सुरु भएको छ । केही दिनको वर्षासँगै रौतहटको गढीमाई नगरपालिका ३ स्थित लक्ष्मीपुर गाउँ नजिकै वाग्मती नदीमा आएको बाढीसँगै तीव्र रुपमा खेतीयोग्य जग्गा कटान गर्न थालेपछी वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराले रोकथाम कार्य सुरु गरेको हो ।
वाग्मती नदीले स्थानीय किसानहरुको करिब २५ बिगाहा खेतीयोग्य जग्गा कटान गरिसकेको तथा नदीको बहाव तटबन्ध नजिकै पुगेपछी नदी नियन्त्रण आयोजनाले कटान नियन्त्रण गर्न परक्यु पाइन अर्थात बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरेको छ । एक साताको वर्षासँगै वाग्मती नदीमा आएको बाढीले तीव्र रुपमा कटान सुरु गर्दा स्थानीय किसानहरुले लगाएको केरा खेती, धानबाली, लगायतका २५ बिग्हा खेती योग्य जग्गा कटान गरिसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
तीव्र गतिमा कटान भईरहदा समेत बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरिएपनी यस्तो कार्य दिगो नभएको स्थानीयहरुको भनाई छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया