लागूऔषध कारोबार र ओसारपसारमा एक भारतीयसहित सात पक्राउ
काठमाडौँ - नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषध कारोबार र ओसारपसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका- ३२ नरेफाँट बस्ने काभ्रे तिमाल गाउँपालिका- ८ घर भएका ३० वर्षीय विक्रम तामाङलाई १०.३८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय १ एम्पुल नोर्फिन, १ सय एम्पुल फेनारगन, ९९ एम्पुल डाईजेपाम, नगद ४८ हजार ५ सय रूपैयाँ र ९ हजार भारतीय रूपैयाँसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको डेरा कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै झापाको बिर्तामोड नगरपालिका- ९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २० वर्षीय गोपाल विश्वकर्मा र सोही नगरपालिका-८ मा डीडीआर फार्मेसी सञ्चालन गरी बस्ने इलाम माई नगरपालिका-६ घर भएका २० वर्षीय भिष्म बुढाथोकी रहेका छन् । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– २ प्रगति टोलबाट ४ केजी ४ सय ९० ग्राम अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थसहित कैलाली धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय किशोर सिंहलगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बारा जिल्लाको निजगढ नगरपालिका–९ सहिद चोकबाट ७.५ किलो अवैध लागूऔषध गाँजासहित भारत बिहार राज्य गोपालगञ्ज घर भएका २९ वर्षीय अतुलकुमार साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया