नेपाल पक्षीय झापा कमिटी अध्यक्ष वेदराज रेग्मी भन्छन्- म संस्थापनमै छु

झापा - झापामा गठित नेकपा एमालेको समानान्तर कमिटीका अध्यक्ष वेदराज रेग्मीले आफू नेकपा एमालेको संस्थापन पक्षमा रहेको स्पष्ट पारेका छन् । ३ वैशाखमा नेपाल पक्षले गठन गरेको जिल्ला कमिटीमा अध्यक्ष रहेका रेग्मीले त्यतिबेला आफूहरूले पार्टीलाई सुदृढीकरणका लागि कमिटी गरेको दाबी गरेका छन् ।
रेग्मीले एमाले विभाजन भई माधव नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेको घटनाले आफूसहित पार्टीका गाउँ र वडा वडाका कार्यकर्तामा निराशा पैदा गरेको बताएका छन् । मालेकालीन बामपन्थी नेता रेग्मीको अध्यक्षतामा ३ वैशाखमा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो ।
पार्टीलाई विभाजनतर्फ नलगेर अझ मजवुत बनाएर अघि बढ्नलाई ३ वैशाखमा एमालेको समानान्तर जिल्ला कमिटी निर्माण गरिएको अध्यक्ष रेग्मीको भनाइ छ । एमाले उपमहासचिव घनश्याम भुसाल, भीम आचार्य, स्थायी कमिटी सदस्य नरेश खरेल, केन्द्रीय कमिटी सदस्यहरू घनेन्द्र बस्नेत र रविन कोइरालालगायतको उपस्थितिमा गठित कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी रहेका थिए ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा नेता रविन कोइराला र नरेश खरेलको नाम भए पनि दुवैले आफुहरू एमालेको संस्थापन पक्षमा रहेको र माधव नेपाल नेतृत्वको पार्टीको केन्द्रीय सदस्य नरहेको धारणा सार्वजनिक गरेका छन् । ‘पार्टी विभाजन हुनु दुःखद कुरा हो,’ समानान्तर कमिटी अध्यक्ष रेग्मीले भने, ‘यसको जिम्मा पार्टीको केन्द्रीय नेतृत्वले लिनुपर्छ ।’
पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले एमाले विभाजन भएको र नेपाली कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको भन्दै उनले गलत प्रवृत्तिको भण्डाफोर गर्न जिल्लाका नेता, कार्यकर्तासँग आग्रह गरेका छन् । ०५४ सालमा भएको एमाले विभाजनबाट नेता कार्यकर्ताले धेरै कुरा सिक्नुपर्ने रेग्मीको भनाइ छ । एमालेमा आन्तरिक विवाद चर्की रहेकाबेला संगठन विस्तारलाई तीव्रता दिएको तत्कालीन एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको थियो । जिल्ला नेताहरूले आफहरू एमाले संस्थापनमै रहेको बताएपछि झापामा नेपालको पकड कमजोर बनेको छ ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया