च्याम्पियन सिटीको फराकिलो जित, एभरटन लिड्ससँग रोकियो

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबार राति नर्विच सिटीमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । सिटीको जितमा ज्याक ग्रेलिस, एयमेरिक लापार्टे, रहिम स्टर्लिङ र रियाह माहरेजले एक-एक गोल गरे । एक गोल भने सिटीले उपहार स्वरुप पायो ।
गत साता टोटनहमसँग पराजित भएको सिटीका लागि यो सिजनको पहिलो जित हो । शनिबार राति नै भएका अन्य खेलमा एस्टन भिल्लाले न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्यो भने क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् ।
भिल्लाको जितमा नयाँ खेलाडी डानी इंग्स र अनवर एल गाजीले एक-एक गोल गरे । गत सिजन भिल्लाका लागि महत्वपूर्ण खेलाडी साबित भएका ग्रेलिस सिटी लागेपछि खरिद गरिएका इंग्सले खेलको पहिलो हाफमा गोल गरेका थियो । विजयी टिमको दोस्रो गोल भने गाजीले पेनाल्टीमा गरे ।
उता क्रिस्टल आफ्नै मैदानमा नव प्रवेशी ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो । गत साता चेल्सीसँग पराजित भएको क्रिस्टलले नयाँ प्रशिक्षक प्याट्रिक भिएराको नेतृत्वमा पहिलो अंक बटुलेको हो । उता बे्रन्टफोर्डले भने आफ्नो पहिलो खेलमा आर्सनललाई स्तब्ध तुल्याएको थियो ।
शनिबार राति नै एल्लान्ड रोडमा भएको खेलमा लिड्स युनाइटेड र एभरटनले २-२ को रोमाञ्चक बराबरी खेले । ७२ औँ मिनेटमा राफिन्हाले गोल फर्काएपछि लिड्स लगातार पराजित हुनबाट रोकियो ।
गत साता म्यानचेस्टर युनाइटेडसँग पराजित भएको लिड्सका लागि एभरटनविरुद्धको खेलमा माटेउस क्लिचले पनि गोल गरे । एभरटनबाट डोमिनिक कालभर्ट लेविन र डेमराई ग्रेले समान एक गोल गरे ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया