क्रियाशील सदस्यता विवाद समाधानका लागि देउवा-पौडेलबीच छलफल

काठमाडौँ - नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका सन्दर्भमा पार्टी शीर्ष नेताबीच शनिबार अनौपचारिक छलफल भएको छ । क्रियाशील सदस्यताको बाँकी विवाद समाधान गर्ने जिम्मेवारी पाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग उनीहरूले बालुवाटारमा अनौपचारिक छलफल गरेका हुन् । महाधिवेशनको कार्यक्रम सुरु हुन १२ दिन मात्रै बाँकी रहँदा पनि कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन । क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यहरु डा. रिजाल र लेखकले सहमतिको खाका तयार गरेको जनाएका छन् ।
शुक्रबार पनि तीन नेता सम्मिलित समितिले सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग छलफल गर्दै सहमतिका लागि शनिबारसम्मको समय मागेको थियो । कांग्रेसले १८ भदौमा वडा अधिवेशनको मिति तय गरेको छ । तर अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची तयार गर्नसकेको छैन ।
३० साउनमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम टुंग्याउने जिम्मेवारी तीन नेतालाई दिएको थियो । २ भदौमा सहमति गरेर ३ भदौमा सभापतिलाई सूची बुझाउनुपर्ने केन्द्रीय समितिको निर्णय थियो । तर उक्त समयसीमा कटिसक्दा पनि समितिले सूची बुझाउन सकेको छैन ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया