नदीमा बेपत्ता बैतडीका एक व्यक्ति अझै भेटिएनन्

बैतडी - सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउद बेपत्ता भएका थिए । बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया