सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

म एमालेमै छु, नयाँ पार्टीमा गएको भन्दै चरित्र हत्या गरियो : बामदेव

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमाले नेता बामदेव गौतमले आफू अहिलेसम्‍म पनि एमालेमै रहेको स्‍पष्‍ट पारेका छन् । आइतबार सचिवालयमार्फत आफ्‍नो धारणा सार्वजनिक गर्दै आफूलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएको भनेर प्रचार गरिएमा समेत असन्‍तुष्‍टि जनाएका छन् । सचिवालयमार्फत् जारी विज्ञप्‍तिमा नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा भने दोहोर्‍याएका छन् । 

'केही दिनदेखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको  चरित्र हत्या गर्नु बाहेक केही होइन,' सचिवालयद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, 'क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।'