फिफा र फिफाप्रोले अफगानी खेलाडीको उद्धार गर्ने

काठमाडौँ- फुटबल खेलाडीहरूको अन्तर्राष्ट्रिय संगठन फिफप्रोले अफगानिस्तानबाट खेलाडीहरूलाई अन्य मुलुकतर्फ लैजाने प्रयास थालेको छ । अफगानी खेलाडीहरूको उद्धारका लागि फिफप्रोले विभिन्न मुलुकहरूसँग यस प्रयासबारे छलफल गरिरहेको बताएको छ ।
‘अफगानिस्तानमा खेलाडीहरू सुरक्षित छैनन् । हामी उनीहरुलाई उद्धार गर्न प्रयास गरिरहेका छौँ । हामी विभिन्न मुलुकका सकारहरूसँग यस विषयमा छलफल गरिरहेका छौँ । हामी बढी भन्दा बढी खेलाडीहरूलाई सुरक्षित स्थानतर्फ सार्न चाहन्छौँ,’ फिफप्रोले भनेको छ ।
अफगानिस्तानमा तालिबानले शासन सत्ता हातमा लिएपछि खेलाडीहरूले असुरक्षित महशुस गरिरहेका छन् । विशेषगरी महिला फुटबलहरू असुरक्षित रहेको बताइएको छ । फिफप्रो फुटलब खेलाडीहरूको संगठन भएकाले उसले अफगानी फुटबल खेलाडीहरूको मात्र उद्धार गर्ने हो कि अन्य खेलाडीहरूको पनि उद्धार गर्न प्रयास गर्ने हो, प्रष्ट छैन ।
दी एथ्लेटिकका अनुसार अन्तर्राष्ट्रिय फुटबल नियामक निकाय फिफाले पनि अफगानी फुटबलरहरुको उद्धारका लागि चासो देखाएको छ । उसले विभिन्न मुलुकका सरकारहरूलाई पत्र लेख्दै महिला फुटबल खेलाडीहरुको उद्धारमा सहयोग गर्न अनुरोध गरेको छ ।
‘अफगानिस्तान अस्थिर छ । त्यहाँका खेलाडीहरूको सुरक्षा अवस्थालाई लिएर हामी चिन्तित छौँ । जाकी अनवारीको मृत्यले हामी मर्माहात भएका छौँ । हामी अफगानिस्तानको फुटबल संघसँग निरन्तर सम्पर्कमा छौँ । खेलाडीहरूबाट पनि हामीले सूचना लिइरहेका छौँ । हामी उनीहरूलाई सकेको सहयोग गर्न तत्पर छौँ,’ फिफाले भनेको छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया