अमेरिकी दूतावासले गाईजात्रालाई एलजीबीटीक्यूआई प्लसको गौरव समारोहको रुपमा मनाउने

काठमाडौं : अमेरिकी दूतावास काठमाडौँले यस वर्षको गाईजात्रा महोत्सवलाई एलजीबीटीक्यूआई प्लस गौरवका रूपमा मनाउने भएको छ । कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरी, अभियन्ता तथा मानवअधिकारकर्मी एन्जल लामा, लेखक निरञ्जन कुँवर र चर्चित लोकगायक प्रकाश सपुतको सहभागिता रहनेछ । भर्चुअल रुपमा हुने कार्यक्रमलाई पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले सञ्चालन गर्नेछिन् ।
गाईजात्रा पर्व परम्परागत रूपमा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । २०६१ सालदेखि नेपालमा स्थानीय एलजीबीटीक्यूआई समुदायले यस पर्वलाई आफ्नो गौरवको उत्सव मनाउने अवसरको रूपमा समेत उपयोग गर्दै आइरहेको छ ।
यो कार्यक्रम अमेरिकी दूतावासको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ र यसले समानता, स्वतन्त्रता र न्यायको खोजीमा लागिपरेका नेपालभरका एलजीबीटीक्यूआई व्यक्तिहरूप्रतिको अमेरिकी सरकारको प्रतिबद्धतालाई पुनर्पुष्टि गर्नेछ ।
कार्यक्रममा नेपालमा एलजीबीटीक्यूआई प्लस अधिकारको वर्तमान स्थिति, गाईजात्रा र गौरवको सम्बन्ध, नेपाल र विश्वव्यापी रूपमा एलजीबीटीक्यूआई प्लस व्यक्तिहरूविरुद्ध जारी हिंसा र भेदभाव र नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकार र हितका लागि जागरूकता बढाउन र वकालत गर्नका लागि अब गर्नुपर्ने काम आदि विषयमा छलफल हुनेछ ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया