एमाले कार्यदलका सदस्यले अल्टिमेटम दिनु बेकार : सूर्य थापा

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमाले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
‘कार्यदलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छौं । सहमति कार्यान्वयनमा गइसकेको छ । कार्यदलमा रहेका केही सदस्यहरूले अहिले पनि दश बुँदे कार्यान्वयन गर्न अल्टिमेटम दिनु बेकारको कुरा हो,’ थापाले भने ।
एमालेनिकट चौतारी नेपालका इञ्जार्च तथा पार्टी प्रचार विभागका उपप्रमुखसमेत रहेका थापाले कार्यदलमा भएका नेताहरूको पद यथावत रहेकाले अब बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुन आग्रह गरे । ‘पार्टी ३ जेठ ०७५ को अवस्थामा पुगिसकेको छ,’ थापाले बताए ।
नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउँदै एकतावद्ध एमाले बनाउन कार्यकर्तालाई निर्देशन दिए । एमालेमा आउन बाँकी रहेका कार्यकर्तालाई आउन आव्हान गरिसकेकाले उनीहरू नआए पनि पार्टी चुप लागेर नबस्ने उनले बताए । केही दिनमा नै पार्टीका विभागहरूलाई पूर्णता दिने, अभियानहरू चलाउने काममा आफूहरू सक्रिय हुने बोगटीको भनाइ छ । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टलगायत सहभागी थिए ।
एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेका तर अहिले उनको नयाँ दलमा नगएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत स्थायी कमिटी सदस्यले बिहीबार र शुक्रबार भेला बस्दै अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयनका लागि चार दिनको अल्टिमेटम दिएकोप्रति थापाले आलोचना गरेका हुन् ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया