भीम रावललाई माधव नेपालतिर लाग्न दबाब
काठमाडौँ – नेकपा एमाले उपाध्यक्ष भीम रावललाई वरिष्ठ नेता माधव नेपाल पक्षमै लाग्न प्रदेश स्तरका नेताहरूले दबाब दिएका छन् । उनीहरूले माधव नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्न रावललाई दबाब दिएका हुन् । काठमाडौं आएका सुदूरपश्चिम प्रदेशका सांसद तथा नेताहरूले रावलसँग आइतबार भेट गर्दै सो पार्टीमा लाग्न दबाब दिएका हुन् । प्रदेशसभामा रावल निकट रहेका १७ जना सांसदमध्ये तीन जना मात्रै नेपाल पक्षमा प्रष्टसँग खुलेर लागेका छन्।
अहिलेसम्म सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र माया भट्टले नेपाल पक्षमा रहेको स्पष्ट पारेका छन् । रावलकै पक्षधरताको पर्खाइमा रहेका बाँकी १४ जना नेताले उनलाई नेपालको पार्टीमा लाग्न आइतबारको भेटमा पनि आग्रह गरेका छन् । नेताहरू गरिमा शाह, तारा तामाङ, उर्बादत्त पन्तलगायतले आइतबार रावलसँग भेट गर्दै यस्तो आग्रह गरेका हुन् ।
तर रावलले आफ्नो पक्षधरताबारे स्पष्ट जवाफ नदिएको सहभागी एक नेताले बताए। ‘हामीले भीम कमरेडलाई माधव कमरेडसँगै अघि बढ्न आग्रह गर्यौं । उहाँले एकताका लागि १० बुँदे सहमति गरे पनि त्यसलाई माधव कमरेडले स्वामित्व नदिएको र अध्यक्ष ओलीले कार्यान्वयन नगरेको गुनासो गरेका गर्नुभयो,’ ती नेताले भने, ‘उहाँले अझै पनि कता लाग्ने स्पष्ट पार्नुभएको छैन ।’
आइतबार सिंहदरबारमा प्रदेशस्तरका नेताहरूसँग भएको भेटपछि रावलले नेपाल पक्षमा रहँदै आए पनि पार्टी विभाजनको पक्षमा हस्ताक्षर नगरेका सांसदहरूसँग छलफल गरेका थिए। एमाले विभाजनपछि नेपालले प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोगले ९ भदौमा बोलाएको छ। तर तत्कालीन नेकपाबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिदा नेपालपक्षमा रहेका सांसद तथा नेताहरू अहिले संस्थापन र नेपालपक्षमै स्पष्ट खुल्न सकेका छैनन् । आफ्नो पक्षधरता स्पष्ट नभएका कारण ९ भदौमा ती नेताहरू आयोग जान्छन् या जाँदैनन् अन्योलता देखिएको छ ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया