छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
पक्राउ परेका व्यक्ति पूर्व सैनिक !

विराटनगर - मोरङको बेलबारी नगरपालिकामा छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। छोरी बलात्कार गरेको आरोपमा बेलबारी–११ का ५१ वर्षीय पुर्व सैनिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए।
१४ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको प्रवक्ता श्रेष्ठले बताए । ‘किटानी जाहेरीसँगै पक्राउ गरिएका पुरुषलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
पीडित पक्षबाट गत वर्ष २० माघको राति घरमै डर देखाउँदै बलात्कार गरेको आरोप उनीमाथि लगाइएको छ। यस विषयमा प्रहरीले अनुसधान्धन सुरु गरेको छ। हिरासतमा रहेका आरोपीविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाबारे थप अनुसन्धान सुरु गरिने प्रवक्ता श्रेष्ठले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया