प्रदेश १ मा ५ सय ३४ कोभिड संक्रमित थपिए

विराटनगर – प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जसमा एक हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ७० र ७ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४३, मोरङमा १ सय १२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, संखुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १, १ र प्रदेशबाहिरका ६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा प्रदेशमा आइतबार नै ३ सय ६२ जना कोभिड संक्रमणबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ५७ महिला र २ सय ५ पुरुष छन् । यसै अवधिमा तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया