कांग्रेसको निर्वाचन समिति महाधिवेशनका कार्यक्रममा सक्रिय

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि शीर्ष नेतृत्वबीच छलफल चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको हो ।
निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र प्रकाशित गर्न सुरु गरिसकेको छ । करिब आठ हजारप्रति निर्देशिका, नियमावली र विधान प्रकाशित भएको छ भने तल्लो तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि तीन लाख बढी प्रमाणपत्र प्रकाशनको काम जारी रहेको समितिले जनाएको छ ।
३० साउनको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको बाँकी काम २ भदौसम्म टुंग्याउने र ३ भदौमा सभापतिलाई बुझाउने निर्णय गरे पनि विवाद समस्या हालसम्म समाधान भएको छैन् । यस्तै १ भदौसम्म निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गर्ने, १० भदौसम्म ७७ वटै जिल्लामा निर्वाचन अधिकृतसहित आवश्यक कागजात पठाइसक्ने सहमति गरेको कांग्रेसले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकामा सहमति जुटाउन ढिलाइ गरेको हो ।
समितिकाअनुसार अब १४ भदौसम्म प्रत्येक जिल्लामा निर्वाचन अधिकृत पठाइसक्ने तयारी रहेको छ । ‘समयमै जिल्लामा कागजात पुर्याउने र त्यहाँबाट वडातहमा वितरण गर्ने भन्नेमा हामी छलफल गरिरहेका छौं,’ समितिका एक सदस्यले भने, ‘भौगोलिक विकटता भएका क्षेत्रमा समयमै मतदान अधिकृत पठाउन र आवश्यक कागजात पुर्याउनुपर्ने चुनौती छ ।’
९–१३ मंसिरसम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया