टीकापुर घटनाको ६ वर्ष: सार्वजनिक भएन लाल आयोगको प्रतिवेदन

कैलाली - कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको ६ बर्ष पूरा भएको छ । २०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो ।
यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।
आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमअन्तरगत उनीहरू टिकापुरतर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरीमाथि आक्रमण भएको थियो ।
आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई पकाउ गरिएको थियो । हाल उनी केन्द्रीय कारगरमा जेल जीवन बिताइरहेका छन् । घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिवेदन पेश नगरेको भन्दै थरहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउदै आएका छन् । वर्तमान संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने उल्लेख छ । तर, आजसम्म पपनि सार्वजनिक गरिएको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया