क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस, कार्यदलले आजै प्रतिवेदन बुझाउने

काठमाडौं - क्रियाशील सदस्य विवाद टुंग्याउन आज नेपाली कांग्रेस कार्यदलको बैठक बस्दैछ । क्रियाशील सदस्यता विवाद समाधान गर्न कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिको बैठक आज दिउँसो १ बजे बस्ने र साँझ ५ बजे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी भएको छ ।
विशेष गरी सप्तरी, रौतहट र बाराका क्रियाशील सदस्यता सम्बन्धमा सहमति जुटाउन बाँकी छ । दिउँसो बस्ने बैठकमा सहमति जुटाउने प्रयास गर्ने र सहमति नजुटेमा आफ्नो रायसहितको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी कार्यदलले गरेको छ ।
कार्यदलले आइतबार नै सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, केही विषयमा छलफल गर्नुपर्ने भएकाले आज बुझाउन लागेको समिति सदस्य लेखकले जानकारी दिए । यता कार्यदलको बैठक बस्ने तयारी भइरहँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक आयोजना गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया