लुम्बिनीमा आज पनि एमालेद्वारा संसद् अवरुद्ध

बुटवल - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ। एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन नचलाउन सभामुखसँग माग गरेका छन् । नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला विपक्षी एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएपछि प्रक्रिया नै अवरुद्ध भएको हो।
विश्वासको मत लिएपछि मात्रै केसी नेतृत्वको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने जनाएको छ । तर, सरकार गठन भएपछि आह्वान गरिएको नवौं अधिवेशनको शुरुको दिनदेखि नै विपक्षी एमालेले सदनमा अवरोध गर्दै आएको छ ।
प्रदेश सभामा सूूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही र दाङबाट उपचुनाव लडेकी विमला कुुमारी वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले सदनमा अवरोध गरेको हो। प्रदेशसभाले शाही र वलीलाई कारवाही गर्न नमिल्ने पत्र एमालेलाई दिएपछि विवाद थप चर्किएको छ। विरोधपछि बैठक २:३० सम्मको लागि स्थगित भएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया