लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची, एमालेद्वारा संसद् बहिष्कार

बुटवल – लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधपछि स्थगित भएको बैठक पुन सुरु भएको हो । आजको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् । संसद् सचिवालयले मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची प्रकाशन गरिसकेको छ । एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।
एमालेले चुनाव चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न माग राखेको छ । तर, संसद्सचिवालयले कारबाही गर्न नमिल्ने जवाफी पत्र एमालेलाई पठाइसकेको छ । एमालेले उनीहरूलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताएको छ । एमालेका सांसद बैजनाथ चौधरीले भने,'पेलेर लैजाने कुरामा सहमती छैन, खेदजनक छ ।' त्यस्तै एमालेले अवरुद्ध गरिरहे मार्सल लगाएर भए पनि विश्वासको मत लिने तयारी छ ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया