शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत, मतदात जारी

बुटवल – लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेसँगै मतदान प्रक्रिया सुरु भएको छ । अहिले मतदान जारी छ । एमालेबाहेकका दलको समर्थनमा मुख्यमन्त्री बनेका केसी ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । एमालेले बहिष्कार गरे पनि केसीले विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ । 

एमालेले सूर्य चुनाव चिन्ह लिएर निर्वाचित सांसदद्वय अजय शाही र विमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । आज पनि सुरुमा एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो । तर, मार्सल लगाएर भए पनि विश्वासको मत लिने प्रक्रिया सुरु हुने भएपछि एमालेले बैठक बहिष्कार गरेको छ ।