बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

‘ट्रयाक टू डिप्लोम्यासी’ को भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले ‘ट्रयाक टू डिप्लोम्यासी’ भूमिका निर्वाह गर्न पूर्वराजदूतहरूलाई आग्रह गरेका छन् । नेपालका पूूर्वराजदूतहरुको समूह (आफ्ना)लाई बालुवाटारमा भेट दिँदै उनले त्यस्तो आग्रह गरेका हुन् । भारत, अमेरिका, युरोपेली मुलुकमा राजदूत भएर आइसकेकाहरूले खोलेका संस्थाबारे जानकारी दिन उनीहरू बालुवाटार पुगेका थिए ।

‘नेपालको राजनीतिक र भूराजनीति यहाँहरूले बुझ्नु भएको छ । कुनै दल वा अन्य लोभमा नपरी यहाँहरूले बाहिरबाट राष्ट्रहितमा भूमिका निर्वाह गर्न सक्नुहुन्छ,’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै एक पूर्वराजदूतले भने, ‘कूटनीतिको गाम्भिर्यतामा ध्यान दिनुपर्छ । हाम्रो जस्तो मुलुकले कूटनीतिलाई सहि तवरले संचालन गर्न नसक्दा असहजता आउँछ ।’

नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले यसलाई ट्रयाकमा ल्याउन आफू लागि परेकोसमेत बताएका थिए । पूर्वराजदूतहरुले पनि सुरक्षा र कूटनीतिको विषयमा निकै गम्भीर भएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाए । ‘नेपालीहरु सहकार्यमा नै अघि बढ्ने हुनाले कोलिसन सरकार सहजरूपले अघि बढ्नेछ,’ प्रधानमन्त्रीले राजदूतसँग भने, ‘तर यहाँहरू जस्ता कूटनीति र राजनीति बुझेकाहरुको साथ र सहयोग आवश्यक छ ।’ 

अहिलेको विश्वमा ट्रयाक टू डिप्लोम्यासीको ठूलो भूमिका हुनाले यहाँहरू लगातार त्यसमा लागि दिन र कूटनीतिमा हुनसक्ने गल्तिहरू औल्याउन उनले सुझाउँदै भने, ‘म तपाईहरूसँगै छ । नेपालको कूटनीतिलाई सही दिशामा हिडाउनको लागि यहाँहरूको अनुभवले सहयोग गर्ने बुझेको छु ।’ प्रधानमन्त्रीले ठट्टासमेत गर्दै समूहको नाम नै आफ्ना रहेकोले यहाँहरूले सबैलाई आफ्नो बनाउन सक्ने विश्वास लिएको बताए ।

पूर्वराजदूतहरूले पनि अहिले भइरहेको कूटनीतिक ‘फल्ट लाइन’हरू प्रधानमन्त्रीलाई देखाएका थिए । उनीहरूले कूटनीतिमा प्राथमिकता तय गरेर सरकार अघि बढ्न पर्ने सुझाएका थिए । उनीहरूले आर्थिक कूटनीतिमा पनि ध्यान दिन आवश्यक रहेको भन्दै त्यसका लागि प्राथमिकता र विज्ञता चयनमा ध्यान दिन पर्ने बताए ।

छलफलमा पूर्वराजदूतहरू दिपकुमार उपाध्याय, डा. निरन्जन थापा, डा. शम्भुराम सिम्खडा, डा. अर्जुन कार्की, डा. विश्वम्भर प्याकुरेल, डा. विजयकान्त कर्ण, युवनाथ लम्साल, डा. चोपलाल भुसाल,  लक्कि शेर्पा, रमेश कोइराला, महेशराज दाहाललगायतका पूर्वराजदूतहरूको उपस्थिति थियो । 

उपस्थित पूर्वराजदूतले आफूले काम गर्दा परराष्ट्र मन्त्रालयसँगको अनुभव प्रधानमन्त्रीलाई सुनाएका थिए । उनीहरूले परराष्ट्रको कर्मचारीलाई राजदूत पठाउँदा र बाहिरबाट राजदूत पठाउँदा हुने लाभ-हानी समेत प्रधानमन्त्रीलाई सुनाएका थिए ।

परराष्ट्रमा पनि करिअर कूटनीतिज्ञ बनाउन माथिबाटै पहल गर्न पर्ने भन्दै उनीहरूले सुझाए, ‘लोकसेवाबाट आएलगत्तै एक वर्षको प्रशिक्षण, व्याच सिस्टम, एक क्षेत्रको विज्ञ र भाषाको ज्ञानमा जाेड दिन आवश्यक छ । फरम्याटमा होइन जुनसुकै असहजतामा पनि काम गर्न सक्ने अब्बल कूटनीतिज्ञ बनाउन  आवश्यक छ ।' अन्य मुलुकको करिअर कूटनीतिज्ञ साच्चै त्यस्तै हुन्छन् । 


 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता