सार्कका सरकार प्रमुखको बैठक राख्न प्रधानमन्त्रीसँग शान्ति समाजको माग

काठमाडौँ - मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिहरूले मानव अधिकार, शान्ति एवम् समसामयिक विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटघाट एवम् छलफलमा समाजका प्रतिनिधिहरूले अफगानिस्तानमा रहेका विभिन्न नागरिकलाई स्वदेश फर्काउनका लागि दक्षिण एशियाली सहयोग संगठन (सार्क)का सरकार प्रमुखहरूको बैठक बस्नुपर्ने माग राखेका छन् ।
समाज प्रतिनिधिहरूले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन, निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न पनि समाजले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । तालिबानद्वारा सत्ता कब्जापश्चात विकसित घटनाक्रमका कारण अफगानिस्तानमा फसेका सबै दक्षिण एशियाली नागरिकको उद्धार र सकुसल आ–आफ्नो देश फिर्तिका लागि सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखको भर्चुअल बैठक आयोजना गरी एकीकृत एवम् प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिए ।
यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमासमेत ध्यानाकर्षण गराइएको महासचिव बरालले जानकारी दिए। भेटमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाईं, महासचिव बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौं शाखा सभापति ईश्वर पुडासैनीलगायत सहभागी थिए ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया