सूर्य थापाको दाबी : पराइको षड्यन्त्रप्रति चनाखो नभई एकताको गीत गाउनु अर्थहीन

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमालेको एकतामा सक्रिय नेताहरूलाई पराइको षड्यन्त्रबाट बँच्न आग्रह गरेका छन् । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेका तर नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेपछि त्यता नलागेका नेताहरूले सिद्धान्तहीन तरिकाले एकताको गीत गाइरहेको थापाको दाबी छ ।
नेपाल पक्षमा रहेका तर अहिले अध्यक्ष केपी ओलीसँग एकता वार्ता गरिरहेका अष्टलक्ष्मी शाक्य, घनश्याभ भुसाल, योगेश भट्टराईले सिद्धान्तहीन र पराइको विभाजनकारी षड्यन्त्रप्रति चनाखो नभई निरपेक्ष एकताको गीत गाएकोसमेत थापाको आरोप छ ।
‘सबै लचिलो हुनुपर्ने अपेक्षा त स्वभाविक नै छ, तर सिद्धान्तहीन र पराइको विभाजनकारी षड्यन्त्रप्रति चनाखो नभई निरपेक्ष एकताको गीत गाउनु अर्थहीन हुन्छ,’ थापाले ट्वीटमा लेखेका छन्, ‘विघटित कार्यदलले सुझाएका १० बुँदालाई स्थायी र केन्द्रीय कमिटीका बैठकहरूले ग्रहण,अनुमोदन र कार्यान्वयन गर्ने निर्णय गरिसकेकै छन् ।’
सबै लचिलाे हुनुपर्ने अपेक्षा त स्वभाविक नै छ,तर सिद्धान्तहीन र पराइकाे विभाजनकारी षड्यन्त्रप्रति चनाखो नभई निरपेक्ष एकताकाे गीत गाउनु अर्थहीन हुन्छ।विघटित कार्यदलले सुझाएका १० बुँदालाई स्थायी र केन्द्रीय कमिटीका बैठकहरूले ग्रहण,अनुमाेदन र कार्यान्वयन गर्ने निर्णय गरिसकेकै छन्। pic.twitter.com/bOqW2EFdPI
— Surya Thapa (@ThapajiSurya) August 23, 2021

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया