बाइडनको त्यो बाचा : जसले धमाधम घट्दैछ सुनको भाउ

काठमाडौं : मंगलबार अचानक तोलामा १५ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार यसको मूल्य ९४ हजार १ सय रुपैयाँ थियो ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो सय दिनभित्र १० करोड अमेरिकी जनतालाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने बाचा गरेपछि लगानीकर्तामा उत्साह बढेको हो । उनको कार्यकालले अर्थतन्त्रलाई त्राण दिने अपेक्षामा लगानीकर्ताहरु सुनमा थुपारिएको लगानी अन्य क्षेत्रमा लगाउन खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।
सुनसँगै चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी तोलामा २० रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार १२ सय ३५ रुपैयाँ तोलामा कारोबार भइरहेको बुधबार १२ सय १५ रुपैयाँ पुगेको छ ।
र, यो पनि
- बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई कोभिड खोप दिने बाचा

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया