लुम्बिनी सरकारले अध्यादेशबाट ल्याइएको बजेट हेरफेर गर्ने

बुटवल - लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन् । मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गरेर नयाँ बजेट बनाउन आफूहरू लागि परेको बताए ।
सोमबार बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्ता तथा मन्त्री खड्काले आफूहरूको मुख्य प्राथमिकता कोभिड-१९ रोकथाम र नियन्त्रणमा रहेको बताए । उनले भने, ‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुर्याओस् भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’
मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरू सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोभिड महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरूलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने उनले बताए ।
उनले सहकार्य, सहमतिबाट बजेट ल्याऊँ भन्दाभन्दै पनि निवर्तमान सरकारले बलजफ्ती गरी अध्यादेश ल्याएको बताउँदै अध्यादेशबाट आएका र अलपत्र छाडिएका दुई विधेयक फिर्ता ल्याएको बताए । अघिल्लो सरकारले संघियता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै उनले आफूहरूले आवश्यक नीति नियम बनाएर अगाडी बढ्ने बताए ।
संघीय सरकारका आयोजनालाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया