बिउ किनेर झन्डै पाँच लाख हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – बिउ खरिद गरी छर्नका लागि महँगोमा खरिद गरी रकम हिनामिना गरेको आरोपमा वन कार्यालयका कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७३/७४ मा बाराको तत्कालीन जिल्ला वन कार्यालयका कर्मचारीहरूले चार लाख ९० हजार रुपैयाँ हिनामिना गरेको हो ।
बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ खरिद गरी छर्ने समेतको कार्य गर्नको लागि लिएको पेश्की रकम हिनामिना गरेको तथ्य खुलेको छ ।
तत्कालिन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, तत्कालिन सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र तत्कालीन सहायक वन अधिकृत दिनेश प्रसाद जायसवालविरुद्ध जनही चार लाख ९० हजार रुपैयाँको मुद्दा दायर गरेको हो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया