सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

काभ्रेका स्थानीय तहमा पाँचखालमा कम बेरुजु

काठमाडौँ - महालेखापरीक्षकको कार्यालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु ५७ करोड १५ लाख ५० हजार देखिएको छ । वित्तीय प्रतिवेदन सुचकले काभ्रेमा पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको उल्लेख गरेको छ । 

प्रतिवेदनका अनुसार पाँचखालमा १ अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखा परिक्षण गर्दा १ करोड १९ लाख ३५ हजार अर्थात ० दशमलव ८६ प्रतिशत तथा महाभारत गाउँपालिकामा ६७ करोड ७९ लाख १२ हजारको लेखा परिक्षण गर्दा २९ लाख ४० हजार अर्थात ० दशमलव ४३ प्रतिशत बेरुजु देखिएको छ ।

बागमती प्रदेशका १ सय १९ स्थानिय तहमध्ये बेरुजु कम भएका पालिकामा पाँचखाल नगरपालिका सातौ स्थानमा छ भने महाभारत गाउँपालिका दोश्रो स्थानमा छ ।