मनोमानी गाउँसभा गरेको भन्दै उपाध्यक्षले दिइन् अध्यक्षविरुद्ध मुद्दा
जनकपुरधाम - सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादवले गाउँपालिका अध्यक्षविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छन् । अध्यक्ष सिद्धार्थ यादवले आफूलाई जानकारी नदिएरै छैटौ गाउँसभा सम्पन्न गरेको भन्दै उपाध्यक्ष यादवले उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा मुद्दा दायर गरेकी हुन् ।
ईकागजसँग कुरा गर्दै उपाध्यक्ष सीता यादवले भनिन्, ‘पालिकाको कुनै पनि बैठक वा सभामा उपाध्यक्ष लगायतका कुनै पनि कार्यपालिका सदस्यलाई बाइपास गर्न नपाइने व्यवस्था छ । तर आफूलाई बिना कुनै जानकारी नदिई छैठो गाउँ सभा सम्पन्न गरी आर्थिक वर्ष २०७८–७९ को योजना छनोट तथा बजेट विनियोजन गरेको छ ।’
आफूलाई पछिल्ला गाउँ सभामा मात्रै होइन, हरेक बैठकमा आफूलाई बाइपास गरेर अध्यक्ष सिद्धार्थ यादव र प्रशासकीय अधिकृत रामनारायण साहले विभिन्न निर्णयहरु गर्दै बजेट मनपरी रुपमा चलाउँदै आएको कारण बाध्य भई भदौ २ गते उच्च अदालतमा मुद्दा दायर गर्नु परेको उनले बताइन् । उच्च अदालतले अध्यक्ष यादव र अधिकृत साहलाई गाउँ सभा गरेको सक्कल प्रमाणहरुको कागजात सहित उपस्थित हुन भदौ १४ गते छलफलका लागि बोलाएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया