एनआरएनए अमेरिकाले एक करोड बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने
अमेरिकी सरकारले ढुवानी गरिदिने

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले सरकारलाई एक करोड रुपैयाँ बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ महामारी विरुद्धको अभियानमा सरकारलाई सहयोग पुर्याउने लक्ष्यका साथ १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्कलगायतका स्वास्थ्य उपकरण र सामाग्री सरकारलाई सहयोग गर्ने भएको हो। अमेरिकाको युटाह राज्यबाट संकलित सहयोग सामाग्री अगष्ट २७ तारिख नेपाल पठाइने एनआरएनए अमेरिकाले जनाएको छ ।
स्वास्थ्य उपकरण र सामग्रीको ढुवानी अमेरिकी सरकारले गरिदिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोन कार्यक्रममार्फत सहयोग सामग्री नेपाल पठाउन लागिएको हो । एनआरएनए अमेरिकालाई अमेरिकी सरकारको डेन्टोन कार्यक्रमसम्म जोड्न डेन्टोन कार्यक्रमसँग गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सम्बन्ध जोडिनुलाई राम्रो उपलब्धिको रूपमा लिइएको छ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया