लत्ताकपडा बरामद

पर्सा- जिल्लाको वीरगञ्ज महानगरपालिका-१६ ईनरुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ५ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको सशस्त्र प्रहरीले भाद्र ८ गते करिब २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।
अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरस्थित सीमा ईलाकाबाट बरामद
गरेको हो । बरामद सामान भन्सार कार्यालय जमुनाहमा बुझाइएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया