विवेकशील र साझा पार्टी दोस्रो पटक एक भए

काठमाडौं : साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । दुवै दलबीच बुधबार एकता भएको हो । नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी रहने भएको छ । एकीकरण पत्रमा साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष रहेका मिलन पाण्डेले हस्ताक्षर गरेका छन् । आज बिहान चलेको हस्ताक्षर कार्यक्रमको भिडिओ कार्यक्रमको सुरूमै देखाइएको थियाे ।
योसँगै नयाँ दलकाे अध्यक्षमा मिश्र भएका छन् भने पाण्डे राष्ट्रिय संयोजक भएका छन् । कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूल परिस्थितिलाई दृष्टिगत गर्दै पार्टी एकता घोषणा कार्यक्रम जुम र फेसबुक लाइवमार्फत् गरिएको छ।
अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए । उनीहरूले विगतमा फुटप्रति माफी मागेका छन्। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नु दुर्घटनाको संज्ञा दिएका छन्। एकीकरण घोषणा कार्यक्रम अहिले चलिरहेको छ।

प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री ओली

नेताहरूको योगदानको प्रचार-प्रसार गरौः सभापति देउवा

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

प्रतिक्रिया