माधव नेपालको पार्टीमा २७ प्रतिशत केन्द्रीय सदस्य र करिब २५ प्रतिशत सांसद खुले

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका केन्द्रीय सदस्य २७ प्रतिशत र २४.७९ प्रतिशत सांसदहरू खुलेका छन् । नयाँ दल दर्ता प्रयोजनका लागि गरेको बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा ५५ जना केन्द्रीय सदस्य र ३० सांसदले हस्ताक्षर गरेका हुन् । साविक एमालेको केन्द्रीय समिति दुई सय तीन र संसदीय दल एक सय ५४ सदस्यीय छ ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए नयाँ दल दर्ता गर्न सकिने उल्लेख छ । त्यस आधारमा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा अध्यादेशको प्रावधानभन्दा ७ प्रतिशत बढी केन्द्रीय सदस्य र ५ प्रतिशत बढी सांसद खुलेका छन् । केन्द्रीय सदस्य र सांसदमा २० प्रतिशतभन्दा बढी जुटाएकाले निर्वाचन आयोगले आजै माधव नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टीको प्रमाणपत्र दिने छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया