४८.४२ अंकले खस्कियो नेप्से, कारोबार रकम घट्यो

काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचक ४८.४२ अंकले खस्किएको छ । मंगलबार भारी अंक घट्न सुरु गरेको नेप्सेमा गिरावटले दोस्रो दिन पनि निरन्तरता पाएको हो । १.५५ प्रतिशतले घटेको नेप्से परिसूचक ३०७६.४४ बिन्दुमा पुगेको छ ।
मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा राष्ट्र बैंकले गरेको कडाइका कारण नेप्सेमा गिरावट आइरहेको अनुमान गरिएको छ । सेयर धितो कर्जामा खुकुलो नीतिका कारण ठूला कारोबारीहरूले ऋण लिएर सेयर बजारमा लगानी गरिरहेका थिए । तर, राष्ट्र बैंकले कर्जामा बिर्को लगाएपछि कारोबारीहरू बजारबाट बाहिरिन खोजिरहेको हुनसक्ने अड्कल गरिएको छ ।
विकास बैंक र निर्जीवन बीमा समूहका कम्पनीहरूको सेयर मुल्यमा उच्च गिरावट आएको छ । त्यस्तै सेयर बजारमा उल्लेख्य बर्चस्व राख्ने बैंकिङ समूहको परिसूचक समेत खस्किएको छ ।
जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको सेयर मुल्यमा भने उच्च वृद्धि भएको छ । खानीखोला जलविद्युत्को सेयर मूल्यमा ठूलो अंकको गिरावट आएर सर्किट ब्रेकर नै लागेको छ ।
२० अर्बभन्दा माथि पुगेको सेयर कारोबारको रकम खुम्चिएर १२ अर्बमा सीमित भएको छ । एक लाख १८ हजार नौ सय १७ पटकको किनबेचमा एक करोड ९५ लाख कित्ता सेयर किनबेच भएको छ ।

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया