बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

बुधबार देशभर थपिए २४८२ कोभिड संक्रमित

फाइल तस्बिर

काठमाडौँँ- बुधबार दुई हजार ४८२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसार १५ हजार २९० जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा एक हजार ७८१ जना संक्रमणमुक्त भएका र ४४ जनाको मृत्यु भएको  छ । नेपाली सेनाले केही दिन अघि मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिको विवरणसमेत पठाएको छ,' मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने ।