आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

६ हजारको पीसीआर परीक्षण गर्दा एक हजार ५६ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा एक हजार ५६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । छ हजार २ सय ८६  जनाको पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो । 

यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ४४ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार देशभर १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा १४ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार छ सय ५१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार एक हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ३० हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन् । 

हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।