कोरियामा रहेका नेपालीले सेप्टेम्बरदेखि खोप पाउने

काठमाडौँ – रोजगारी र शिक्षालगायत कामले दक्षिण कोरियामा रहेका नेपालीले सेप्टेम्बर महिनादेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।
कोरियाली साथै त्यहाँ रहेका विभिन्न देशका नागरिकलाई खोप लगाउन कोरियाली सरकारले नीति बनाएपछि त्यहाँ रहेका नेपालीले पनि कोरोनाविरुद्धको खोप पाउने सुनिश्चित भएको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत काम गर्न गएका कामदार ३५ हजारभन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेशामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छ ।
त्यहाँ रहेका नेपालीले घरबाटै फोन या इन्टरनेट प्रयोग गरेर आफू अनुकूलको समयमा खोप लिने समय मिलाउनसक्ने व्यवस्था छ । करिब ६ करोड जनसंख्या रहेको कोरियामा ५० वर्षभन्दा माथि उमेरकाले खोप लगाइसकेका छन् । यस्तै १८ वर्षदेखि ४९ वर्षसम्मका लागि भने गत सातादेखि खोप लगाउन सुरु भएको छ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया