महन्थ ठाकुरलाई पीएम बनाउन खोजेका थियौँ, ओलीको पीए मात्रै भए : उपेन्द्र यादव

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन गरेर बाहिरिएका महन्थ ठाकुरको हैसियत पीएजति मात्र भएको जिकिर गरेका छन् । यादवले जसपा विभाजन गरेर गएका नेताहरूको हैसियत कुनै नेताको पीएजति मात्रै भएकोसमेत बताएका छन् ।
बुधवार विराटनगरमा आयोजित जसपाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री (पीएम) बनाउन खोज्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पीए बनेको आरोप लगाए । यादवले परिवर्तनपछि प्रतिगमनको जन्म हुने गरेको समेत बताए । निवर्तमान प्रधानमन्त्री ओलीले परिवर्तनलाई उल्ट्याउन खोजेको टिप्पणी उनले गरे ।
‘हामीले संघीयताको रक्षा गर्दा ओलीको जागिरसमेत बचाइदियौं । लिपुलेक, कालापानी समेटेर नक्सा निकाल्दा हामी सबैले सहयोग गरेका थियौं,’ उनले भने, ‘तर आसेपासेले सच्चा राष्ट्रवादी भनेर चर्चा गर्न नपाउँदै ओली जागिर बचाइदिनुपर्यो भन्दै भारतको शरणमा परे ।’ कार्यक्रममा बोल्दै महेन्द्रराय यादवलगायतका नेताहरूले निलम्बित सांसद् रेशम चौधरीलाई जतिसक्दो चाँडो बिनाशर्त जेलबाट छुटाउनुपर्ने बताए ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया