धनुषामा सिचाई योजना सुरु

जनकपुरधाम : धनुषामा तीन सय ५० हेक्टर जमिनलाई सिंचाई पु¥याउन सिंचाई योजना सुरु भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मंत्रालयको जलस्रोत तथा सिंचाई बिकास डिभिजÞन कार्यालय जनकपुरधाम धनुषाको नगराईन नगरपालिकाको जटहीमा पीपरा मईन सिंचाई योजना अन्तर्गत निर्माण सुरु भएको हो ।
उक्त योजनाको धनुषा क्षेत्र ३ का संघीय सांसद राजेन्द्र महतो र मा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार संयुक्त रुपमा शिलान्यास गरे ।
आर्थिक वर्ष २०७९/८० सम्म दुई वर्षमा सम्पन्न गरिने साढे ११ करोड रुपैयाको लागतमा निर्माण हुने उक्त योजनाबाट नगराई नगरपालिकका जटही क्षेत्रसहित पाँच सय १० घरपरिवारका किसानले खेतीपातीका लागि पानी प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेता एवं सांसद महतोले सिचाई आभावका कारण कृषि प्रधानको रुपमा रहेका धनुषा सहित प्रदेश २ का जिल्लाहरुमा भूमि बन्जर हुँदै गइरहेको छ र किसानहरु विदेश पलायन हुँदै गइरहेकोप्रति राज्य गम्भीर नभएको आरोप लगाए ।
प्रदेश र नेपाल सरकार प्रदेश २ का बंजर हुँदै गएको भूमिलाई बचाउन यस्ता आयोजनाहरु निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिएका थिए ।
कार्यक्रममा उपस्थित प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आगामी वर्षमा प्रदेशका विभिन्न जिल्लामा समेत यस्ता सिचाई योजनाको निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा प्रमुख वरिष्ठ इन्जिनियर सि.डि.ई. भगवान झाले यो योजना निर्माण भइसकेपछि यहाँका किसानहरुलाई धान, गहुँ, तेलहन बाली उत्पादन गर्न सिचाईका लागि निकै सहयोग पुग्ने बताएका थिए ।
२२ मि लम्बाईको स्थायी जलाशययुक्त संरचनासहित दुई कि.मि लम्बाईको मूल नहर रहने उक्त योजनाको पानीको मुहान पिपरा मइन हुनेछ । झाका अनुसार उक्त मुहानबाट वर्षभरि नै पानी जम्मा हुनेछ ।
शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्र, नगराई नगरपालिकाका मेयर परमेश्वर यादव लगायत जसपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया