मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

मन्त्रिपरिषद्‍ निर्णय : बंगलादेशबाट जीटूजीमा मल खरिद गर्ने

फाइल तस्बिर

काठमाडौं : सरकारले कृषि विकास तथा पशुपंक्षी मन्त्रालयको प्रस्तावमा बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल सरकार-सरकार(जीटूजी ) सम्झौतामा खरिद गर्न सैध्दान्तिक स्वीकृति दिएको छ । प्रवक्ता पार्वत गुरुङले बुधबार मंसिर १५, १८ र २३ गते बसेका मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएका  छन् । मन्त्रिपरिषद्ले पछिल्ला बैठकमा झन्डै १४.१५ अर्ब रुपैयाँ ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
  
प्राथमिकताप्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर (चार अर्ब ७७ करोड रुपैयाँ) बराबरको सहुलियत पूर्ण ऋण र १० मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने बताएको छ ।  ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्‍चालन गर्न विश्‍व बैंकबाट प्राप्त हुने ८० अमेरिकी डलर (करिब ९ अर्ब ३८ करोड रुपैयाँ) सहुलितयपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।
 
सरकारले पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी सुरक्षा नियमन आदेश २०७७ स्वीकृत गरेको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको समेत छ । 
  
आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णयमा उल्लेख छ । मन्त्री गुरुङले भने, 'केही बहुवर्षिय ठेक्काको म्याद सकिएको थियो । म्याद थपका लागि मापदण्ड संशोधन गरिएको हो ।' 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे