‘सम्झिनी, पानी छम्किनी’ अब फिल्म पनि

काठमाडौं : कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाई भने आफ्नो हिट गीत ‘सम्झिनी, पानी छम्किनी’को नाममा चलचित्र नै बनाउने तयारी गरेका छन् ।
करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई हालसम्म १ करोड भन्दा बढीले हेरिसकेका छन् । यसअघि यो गीतको पहिलो भाग पनि हिट भएको थियो ।
गीत हिट भएपछि गायक चौलागाँइले चलचित्र बनाउने तयारी गरेका हुन् । यो चलचित्रलाई निर्देशक विक्रम स्वारले निर्देशन गर्ने भएको छ । गायक चौलागाँईले भने- ‘दर्शकले यो गीतलाई निक्कै मन पराउनुभयो । सम्झिनी पानी छम्किने भन्ने लय दर्शकको मुखमा झुन्डिएको छ । यसैले, अब हामीले यही नाममा चलचित्र बनाउने तयारी गरेका हौं । अहिले चलचित्रको स्क्रिप्ट लेख्ने काम सुरु भएको छ ।’
सम्राटका अनुसार, यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिनेछ । म्यूजिक भिडियो मेकिङमा समेत कुनै संझौता नगर्ने सम्राटले चलचित्रमा पनि मल्टिस्टारर कलाकार लिने बताएका छन् ।कोरोना कहर कम भएर छायांकनका लागि अनुमति पाएपछि चलचित्रको कामलाई अझै तीव्रता दिने उनको भनाइ छ ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया