‘एभेन्जर’लाईलाई पछि पार्दै ‘स्पाइडरमेन’ बन्यो सर्वाधिक हेरिने ट्रेलर

लसएन्जल्स : दुई वर्षअघि प्रदर्शनमा आएको ‘एभेन्जर एन्ड गेम’ले थुप्रै रेकर्ड कायम गरेको थियो । बक्स अफिसमा ‘अवतार’को कमाइलाई उछिनेर इतिहासमै सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड कायम गरेको ‘एभेन्जर’ले ट्रेलर सार्वजनिक हुँदा पनि रेकर्ड कायम गरेको थियो । यो रेकर्ड थियो २४ घन्टामा सर्वाधिक हेरिने ट्रेलरको रेकर्ड ।
दुई वर्षपछि यो रेकर्ड भत्काएको छ ‘स्पाइडरमेन ः नो वे होम’को ट्रेलरले । यो फिल्मको ट्रेलरले २४ घन्टामा ३ सय ५५.५ मिलियन दर्शक पाएको छ जुन ‘एभेन्जर’ले यही समयमा पाएभन्दा ६५ मिलियन बढी हो । हलिउडतिर बाहिरिएको जानकारीअनुसार ‘एभेन्जर’ले उस समय यति नै समयावधिमा २ सय ८९ मिलियन दर्शक पाएको थियो ।
‘स्पाइडरमेन’को यो उपलब्धि उल्लेख्य यसकारण पनि छ कि यो फिल्मको ट्रेलर एक दिन अघि नै पाइरेसी भएको थियो । सार्वजनिक गर्न ठिक्क पारेको ट्रेलर अनलाइनमा लिक भएपछि मार्भलले अर्को दिन हतार हतार ट्रेलर सार्वजनिक गरेको थियो । त्यसका बावजुद ट्रेलर हेर्ने दर्शकको चाहमा कुनै कमी आएको थिएन ।
टम हल्यान्ड र जेन्दयाको मुख्य भूमिका रहेको फिल्ममा बेनेडिक्ट कुमरवाच पनि अतिथि भूमिकामा छन् । यो फिल्म डिसेम्बर २१ मा यही साल रिलिज हुँदैछ ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया