कर्णालीका तीन हिमाली जिल्लालाई खोप प्राथमिकता

सुर्खेत– कोभिड–१९ को तेस्रो लहरविरुद्ध कर्णाली प्रदेशमा पूर्वतयारी थालिएको छ । प्रदेशमा संक्रमणको तेस्रो लहर फैलिन नदिन अस्पतालदेखि जनशक्ति व्यवस्थापनमा कर्णाली सरकार लागेको छ । प्रदेश भित्रिने मुख्य नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको योजना छ ।
निर्देशनालयले कर्णालीका तीन वटा हिमाली जिल्लालाई प्राथमिकतामा राखेर १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य निर्देशनालय सुर्खेतका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार कर्णालीका डोल्पा, हुम्ला र मुगुका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरेको जानकारी दिए ।
‘यसका लागि लगत संकलन गरिरहेका छौँ । यी तीन जिल्लामा जनसंख्या पनि कम जनसंख्या पनि छ । त्यतातिर चाइनाको बोर्डर एरिया पनि छ’ उनले भने, ‘यी जिल्लालाई प्राथमिकतामा राखेर लगत संकलन गरी मन्त्रालयमा पठाउँछौ ।’ चौधरीका अनुसार, कर्णालीको सबैभन्दा प्रभावित क्षेत्र भनेको सुर्खेतमा पनि खोप अभियानलाई प्राथमिकतामा राखेर सञ्चालन गरिने बताए ।
कोभिडको तेस्रो लहरविरुद्धको तयारी गर्न निर्देशनालयले १० जिल्लाका जनस्वास्थ्य कार्यालयबाट कोभिडको अवस्था र उपलब्ध सामग्रीको विषयमा सूचना संकलन गरिरहेको छ । सबै जिल्लाहरूबाट आएको सूचनाको आधारमा नै कोभिड विरुद्धका कार्यक्रम सञ्चालन गर्ने तयारीमा निर्देशनालय रहेको छ । चाडपर्व नजिकिएसँगै वैदेशिक रोजगारीमा गएकाहरू घरमा फर्किने क्रम हुने हुँदा पनि जोखिम बढ्न सक्ने हुन्छ । तीज दशैं–तिहार लगायतका चाडपर्वमा भारत गएका नागरिक फर्कने क्रम सुरु भएकाले सीमा नाकामै चेकजाँच गरेरमात्रै प्रदेश भित्रिने व्यवस्था मिलाउन स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी चौधरीका अनुसार, जिल्ला अस्पतालहरूका क्षमता बढाउन आईसीयू र भेन्टिलेटर थप गरिनेछ । हाल प्रदेशमा ८ सय अक्सिजन सिलिन्डर र ३ सय अक्सिजन कन्सनटे«टर छन् । प्रदेशभर ६ वटा अक्सिजन प्लान्ट स्थापना भएका छन् भने अन्य तीनवटा ठुला अक्सिजन प्लान्ट निर्माण गरिँदैछ ।
कर्णाली प्रदेशमा हालसम्म आरटी–पीसीआर र एन्टिजेन विधिबाट गरी लाख ७० हजार तीन सय ६ जनामा कोरोना परीक्षण गरिएको छ । त्यसमध्ये ३२ हजार दुई सय १९ जना कोरोनाबाट संक्रमित भएको देखिन्छ । कूल संक्रमितमध्ये २९ हजार ९६५ जनाले कोरोनालाई परास्त गरेका छन् भने तीन सय ६५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशमा हाल सात सय ६० जना सक्रिय संक्रमित छन् ।
प्रदेशका १० जिल्लामध्ये कोरोनाबाट सबैभन्दा धेरै सुर्खेत जिल्ला प्रभावित भएको देखिन्छ । सुर्खेतमा ११ हजार सात सय ५२ जना कोरोनाबाट प्रभावित बनेका छन् भने दुई सय १० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया