मुलुक दौडाहमा प्रधान सेनापति थापा

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापा गण गुल्म र पृतनाको स्थालगत निरिक्षणको लागि मुलुक दौडाहमा छन् । उनी बुधबार पाँचथर पुगेका हुन् । उनले त्यहाँ भैरवीदल गण, ताप्लेजुङमा तैनाथ भिमकाली गुल्म, संखुवासभामा तैनाथ नयाँ रणभीम गुल्म र ईटहरीमा तैनाथ पूर्वी पृतनाको निरीक्षण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले गण, गुल्म र पृतनाको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्तीबारेमा अन्तर्क्रिया र जानकारी हासिल गरेका छन् । उनले आफ्ना सकलदर्जालाई सम्बोधन गरेका थिए । उनले बिहीबार सैनिक अस्पताल, ईटहरीलगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरूको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । यसअघि उनी पश्चिमी भेगको भ्रमणमा थिए । पछिल्लो पटक विप्लव माओवादीको गतिविधी पूर्वमा बढ्दै गएको अवस्थामा सेना प्रमुखको भ्रमण पनि पूर्वतर्फ नै भएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया