एमाले फुटेपनि सुदूरपश्चिम सरकार सुरक्षित छ : मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमालेको अन्तरकलहले आफू नेतृत्वको सरकारलाई कुनै असर नपार्ने दाबी गरेका छन् । प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्लाका पदाधिकारीहरूसँग बिहीबारको भेटमा मुख्यमन्त्री भट्टले यस्तो दाबी गरेका हुन् ।
‘एमाले विभाजनको पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुने कुरा भ्रम मात्र हो,’ भट्टले भने, ‘विकसित राजनीतिक घटनाक्रमले नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको प्रदेश सरकारको स्थायित्वमा कुनै असर पदैन ।’ छलफलमा उनले विगतका कमजोरीहरूलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढेको बताए ।
मुख्यमन्त्री भट्टले विकास विरोधी तत्वहरुले प्रदेश सरकारविरुद्ध विभिन्न प्रपञ्च रचेको भए पनि त्यसलाई चिर्दै आफू अगाडि बढिरहेको दाबी गरे । उनले पत्रकारहरूको हकहितका लागि प्रदेश सरकारले आमसञ्चार नीति ल्याउने तयारी गरिरहेको जनाए । उनले सञ्चारमाध्यमहरूको संस्थागत विकास र पत्रकारको पेशागत क्षमताका लागि चालु आर्थिक वर्षमा आफ्नै पहलमा विभिन्न कार्यक्रम ल्याएको उल्लेख गरे ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया