सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

बिहानैदेखि छलफलमा जुटे पौडेल समूहका नेताहरू

काठमाडौँ - नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलका नेताहरू शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन् । नेता प्रकाशमानसिंहको निवास चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका हुन् । 

छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. रामशरण महत, डा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् । छलफलमा क्रियाशील सदस्यताको विवरण सार्वजिनक, अनशनमा रहेका जिल्ला सभापतिहरूको  माग सम्बोधन गराउन दबाब दिने लगायत विषयमा छलफल हुने बताइएको छ ।

क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै जिल्ला सभापतिहरूको अनसन जारी छ। पौडेल पक्षका नेताहरुले जिल्ला सभापतिको अनसनमा पुगेर समेत एक्यबद्धता जनाएका थिए।