कैलालीमा बाढीले एक घर बगायो, सय बढी घरमा पानी पस्यो

कैलाली - अविरल वर्षापछि आएको बाढीले कैलालीमा १ घर बगाएको छ भने सय बढी घरमा पानी पसेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलाली-कंचनपुर जोड्ने काठे पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका ३ र कंचनपुरको बाईसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधिन पक्किपुलको दुबै किनारको माटो बगाउदा आवागमन ठप्प भएको छ ।
त्यस्तै कैलारी गाउँपालिका ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदीमा आएको बाढी पस्दा झण्डौ तीन दर्जन घरहरू डुबानमा परेका छन् । नदीमा आएको बाढी ३० बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए ।
त्यस्तै कटैनी नदीको बाढी वडा नम्बर ७ अन्र्तगत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा समेत पसेको बताइएको छ । यता जानकी गाउपालिका ४- का ८० घर र जानकी ७ का ५८ घरघुरीमा पनि पानी पसेको छ। जहाँ उद्दारका लागि सशत्र प्रहरीको टोली खटिएको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने र उद्दार गर्ने काम भैरहेकोले क्षतिको यकिन विवरण आइनसकेको बताए ।

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

प्रतिक्रिया